लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

चितवनमा बस र ट्रक ठोक्किदा ११ जना घाइते

मंगलबार, ८ चैत, २०७३ मा प्रकाशित, 14446 पटक हेरिएको

चितवन, चैत ८ । काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ५ ख २२९५ नम्बरको बस र वीरगन्जबाट पोखरा जान आउँदै गरेको ना ६ ख ७९७१ नम्बरको ट्रक गएराति पूर्वी चितवनको खैरहनीस्थित राजमार्गमा एकापसमा ठक्कर खाँदा ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बसका नौजना र ट्रकका दुई जना घाइते भएका हुन् । भरतपुरको कलेज अफ मेडिकल साइसेन्समा उनीहरुको उपचार भइरहेको छ ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । राति १२ः३० बजेको समयमा दुर्घटना भएको हो । (रासस)

Loading...

प्रतिक्रिया

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.