२२ फाल्गुन २०८१, बिहिबार | Thu Mar 6 2025


३२ जिल्लामा ‘१५ हजार किसान कफीखेतीमा संलग्न’


0
Shares

काठमाडौं, असार १७ । केन्द्रीय तथ्यांक विभागले १५ हजार कृषक कफीखेतीमा प्रत्यक्ष संलग्न रहेको जनाएको छ ।

कफीखेतीको वार्षिक सर्वेक्षण सार्वजनिक गर्दै विभागले ३२ जिल्लामा करिब १५ हजार किसान कफीखेतीमा संलग्न रहेको जनाएको हो ।

कफीकोमात्रै वार्षिक २० करोड कारोबार हुने गरेको पनि विभागले जनाएको छ ।

९७३ हेक्टर जमिनमा कफीखेती भइरहेको विभागको तथ्यांक छ ।

प्रादेशिकरुपमा प्रदेश नम्बर–३ मा सबैभन्दा बढी ४२३ हेक्टर जमिनमा कफीखेती भइरहेको छ ।

चार प्रतिशत कृषकहरुलेमात्रै १० रोपनीभन्दा धेरै क्षेत्रफलमा कफीको व्यावसायिक खेती गरिरहेको विभागका तथ्यांक अधिकृत किशोर केसीले बताए ।

कफीखेतीका लागि २.८ प्रतिशतलेमात्रै ऋण लिएको पनि विभागले जनाएको छ ।

वार्षिक ८६ करोडभन्दा बढीको कफी निर्यात हुने गरेको जनाइएको छ ।

यसको प्रवर्द्धनका लागि गुणस्तरीय प्राविधिक सेवा, सिँचाइको सुविधा, बजारको व्यवस्था एवं सहुलियत ऋणको उपलब्धताका साथै उचित मूल्य निर्धारण तथा बिमाको व्यवस्था गरिनुपर्नेमा सर्वेक्षणकाक्रममा किसानहरुको माग रहेको विभागले जनाएको छ ।