लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

घुस लिएको अभियोगमा २ उपसचिवसहित ४ जना पक्राउ

बिहीबार, ४ जेष्ठ, २०७४ मा प्रकाशित, 1876 पटक हेरिएको

काठमाडौं, जेठ ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय सर्लाहीका उपसचिवद्वय वासुदेव तिमिल्सिना र रामहरि रिजालसहित चार जनालाई रु चार लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार जनज्योति मावि लालबन्दी सर्लाहीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद न्यौपाने र सोही विद्यालयका प्रअ विष्णुबहादुर पोखरेल समेतले विद्यालयमा कोटा दरबन्दीमा शिक्षक नियुक्त गर्दा रु चार लाख घुस लिँदालिँदै पक्राउ गरिएको हो ।

उनीहरुलाई लालबन्दी नगरपालिका–७ स्थित नमस्ते होटलबाट पक्राउ गरिएको र थप अनुसन्धान जारी रहेको आयोगले जनाएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework