लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

मतदाताले तालमेल लत्याए, उम्मेदवार नभए पनि बढी भोट एमालेलाई नै

मंगलबार, २ जेष्ठ, २०७४ मा प्रकाशित,

ललितपुर, जेठ २ । ललितपुर महानगरपालिकामा एमाले र राप्रपाबीच तालमेल भयो, जसअनुसार एमालेले उपमेयरमा राप्रपालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको थियो । अर्थात् ललितपुर महानगरमा एमालेका उपमेयर उम्मेदवार नै थिएनन् ।

तर, वडा नं १ को मतगणना गर्दा उपमेयरमा एमालेले सबभन्दा बढी मत पाएको छ । एमालेले यो पदमा १ सय ३३ मत पायो भने राप्रपाका उपमेयर उम्मदेवार बाबुकाजी प्रधानले ८९ मत मात्रै पाए । आफूलाई भन्दा उम्मेदवार नै नभएको सूर्य चिह्नमा बढी मत आएको देखेपछि प्रधानले असन्तुष्टि प्रकट गरेका छन् ।

‘सहमति गरेर अन्तिममा धोका दिए,’ उनले भने, ‘यसमा गम्भीर आपत्ति छ ।’

उक्त वडामा कांग्रेसका निर्मल तण्डुकार ६ सय ९२ मत ल्याएर विजयी भएका छन् । तण्डुकारले प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रमेश महर्जनलाई १६२ मतअन्तरले हराए ।

माओवादी केन्द्रका उम्मेदवार अर्जुन तण्डुकारले २८१ मत ल्याए । यो वडामा दलित महिला सदस्यमा नयाँ शक्तिकी विनाकुमारी पोडे निर्विरोध भइसकेकी छन् ।

महानगरको प्रारम्भिक मतगणनामा मेयरमा एमालेले अग्रता लिएको छ । एमालेलाई कांग्रेसले पछ्याइरहेको छ । –कान्तिपुर दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework