लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

बंगलादेशलाई ९ विकेटले पराजित गर्दै भारत फाइनलमा

शुक्रबार, २ आषाढ, २०७४ मा प्रकाशित, 7031 पटक हेरिएको

लन्डन, असार २ । बंगलादेशलाई ९ विकेटले पराजित गर्दै साविक विजेता भारत च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बेलायतमा जारी प्रतियोगिता अन्तर्गत गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा भारतलाई जिताउन सुरुवाती ब्याट्सम्यान रोहित शर्माले शतकीय पारी खेले । २ सय ६५ रनको लक्ष्य पछ्याएको भारतले ४० ओभर एक बलमा जित हात पारेको थियो ।

ओपनरद्वय शिखर धवन र रोहित शर्माले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । धवन ४६ रन बनाउदै पेभेलियन फर्केपछि कप्तान विराट कोहली ब्याटिङमा आएका थिए । कोहली र रोहितले दोश्रो विकेटको लागि अविजित १ सय ७८ रनको साझेदारी गर्दै भारतलाई ९ विकेटको जित दिलाए । रोहितले अविजित १ सय २३ रन बनाउँदा कोहलीले अविजित ९६ रन जोडे ।

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २ सय ६४ रनको योगफल तयार पारेको थियो । उसका लागि तमिम इकबालले ७० रन बनाउदा मुश्फिकर रहिमले ६१ रनको योगदान दिए ।

भारतले अब च्याम्पियन्स ट्रफीको उपाधिका लागि पाकिस्तानको सामना गर्नेछ । पहिलो सेमिफाईनलमा इंग्ल्याण्डलाई पाखा लगाउँदै पाकिस्तान फाईनलमा पुगेको थियो ।

फाइनल खेल आइतबार नेपाली समयानुसार दिनको सबा तीन बजे लण्डनस्थित दि ओभलमा हुनेछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework