लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल आज युएईसँग भिड्दै

शुक्रबार, २२ मंसिर, २०७४ मा प्रकाशित,

काठमाडौं, मंसिर २२ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम खेलमा आज नेपालले युएइको सामना गर्दैछ ।

दुई वर्षदेखि होम एण्ड अवेको आधारमा जारी प्रतियोगिताको अन्तिम चरणका खेलहरु तटस्थ मैदानको रुपमा युएईमा भईरहेका छन् । बुधबार भएको खेलमा युएईसँग ७ विकेटले पराजित भएको नेपाल आज जित निकाल्ने दाउमा छ । तर युएईविरुद्धको खेल नेपालका लागि सहज भने हुनेछैन ।

यसअघि नै च्याम्पियनसीपबाट दोस्रो डिभिजनमा झरिसकेका नेपाल र युएई दुबै टोलीका लागि अन्तिम चरणका खेलहरु प्रतिष्ठाको लडाई मात्रै बनेको छ ।

जारी खेललाई नेपाल र युएई दुबै टोलीले आसन्न डिभिजन टु प्रतियोगिताको तयारीको रुपमा हेरेका छन् । डिभिजन टु प्रतियोगिता आगामी फेबु्रअरीमा नामिबियामा हुनेछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework