लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

अभियुक्त पक्राउ गर्न प्रहरीद्वारा ६ राउन्ड गोली प्रहार

सोमबार, २५ पुष, २०७३ मा प्रकाशित, 2746 पटक हेरिएको

पर्सा, पुस २५ । हत्याको अभियोगमा फरार रहेका एक अभियुक्तलाई नियन्त्रणमा लिन प्रहरीले आइतबार बेलका ६ राउन्ड गोली चलाएको छ ।

बाराको गढीमाई नगरपालिका–८ निवासी २८ वर्षीय वृजकिशोर गिरीलाई नियन्त्रणमा लिने क्रममा पर्सा प्रहरीले गोली चलाउनुपरेको हो ।

दुई बालकको हत्याको अभियोगमा फरार रहेका गिरीलाई पर्साको विजबनिया गाविसको गढइया टोलबाट प्रहरीले नियन्त्रणमा लिन खोज्दा गिरीलाई भगाउन स्थानीयले प्रहरीमाथि आक्रमण गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पेस्तोलबाट ६ राउन्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

उनले विजबनियाको गढइया टोल निवासी अजय गिरीको घरमा वृजकिशोर लुकी बसेको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्ज र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले छापामारी उनलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेकोे बताए ।

प्रहरीले चलाएको एक गोली अभियुक्त वृजकिशोर गिरीको बायाँ खुट्टामा लागेको प्रवक्ता जोशीले जानकारी दिए । प्रहरीले प्रहार गरेको गोली लागी घाइते भएका गिरीको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । (रासस)

Loading...

प्रतिक्रिया

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.