लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

खुकुरी प्रहारबाट एक युवक गम्भीर, खुकुरी हान्ने फरार

मंगलबार, २६ पुष, २०७३ मा प्रकाशित, 3197 पटक हेरिएको

चरिकोट, पुस २६ । दोलखाको नाम्दु गाविस–२ मा एक युवक खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन् ।

सोही गाविसकै वर्ष २३ का सुरेश तामाङले २१ वर्षीय सुन्दर अधिकारीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ ।

प्रहरीकाअनुसार अधिकारीको स्वास्थ्य अवस्था गम्भीर छ । उनको घाँटीनजिकै पछाडिपट्टिको भागमा खुकुरीको ठूलै चोट रहेको छ ।

सोमबार राति सामान्य उपचारपछि उनलाई काठमाडौं ग्रान्डी अस्पतालमा लगिएको बताइएको छ । घटना के–कति कारण भएको हो भन्नेबारेमा अनुसन्धान भइरहेको छ ।

प्रहरी नायब उपरीक्षक रबिन कार्कीले फरार आक्रमणकारी तामाङको खोजी भइरहेको जानकारी दिएका छन् । रासस

 

 

Loading...

प्रतिक्रिया

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.