लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

चोरी–डकैती र लुटपाटमा संलग्न ‘पटके’ नगद तीन लाखसहित पक्राउ

बुधबार, २७ पुष, २०७३ मा प्रकाशित, 4796 पटक हेरिएको

काठमाडौं, पुस २७ । विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले ‘सागर’ भनिने टीका मगरलाई पक्राउ गरी बुधबार राजधानीमा सार्वजनिक गरेको छ ।

काठमाडौंका विभिन्न स्थानमा चोरी–डकैती र लुटपाटमा संलग्न रहेको आरोप लागेका मगरको साथबाट नगद तीन लाख रुपैयाँ, मन्दिरा अधिकारीको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र, मोबाइल ४ थान, लुटपाटमा प्रयोग गर्ने ज्याकेट तथा जुत्ताहरु र एककला भण्डारीको नागरिकता बरामद भएको प्रहरीले जनाएको छ ।

यसअघि पनि पटक–पटक पक्राउ पर्दै छुट्दै गरेका मगर पटके लुटेरा भएको प्रहरीले जनाएको छ ।

 

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.