लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

इन्टरपोलको अन्तर्राष्ट्रिय सम्मेलनमा माघ ५ देखि नेपालमा

बिहीबार, २८ पुष, २०७३ मा प्रकाशित, 3269 पटक हेरिएको

काठमाडौं, पुस २८ । इन्टरनेसलन पुलिस अर्गनाइजेसन (इन्टरपोल)को अन्तर्राष्ट्रिय सम्मेलन यही माघ ५ गतेदेखि तीन दिनसम्म नेपालमा हुने भएको छ ।

नेपाल प्रहरीले विहीबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा ५५ राष्ट्रका करिब २५० जना अधिकृत सो सम्मेलनमा सहभागी हुने प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले जानकारी दिए ।

सन् १९६७ मा इन्टरपोलको सदस्य बनेको नेपालले यसअघि २०४५ सालमा इन्टरपोलको ११औं सम्मेलन आयोजना गरेको थियो ।

सम्मेलनमा नेपालले मानव बेचबिखन र विद्युतीय अपराधका एजेन्डालाई प्राथमिकतामा राखेको छ ।

इन्टरपोलमा सहभागी हुन आउने प्रतिनिधिहरुका लागि सुरक्षा व्यवस्था व्यवस्थित हुने जानकारी पनि विहीबार आयोजित पत्रकार सम्मेलनमा दिइयो ।

 

Loading...

प्रतिक्रिया

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.