लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

तीन सय केजी गाँजा बरामद

बिहीबार, ३ चैत, २०७३ मा प्रकाशित, 801 पटक हेरिएको

हेटौँडा, चैत ३ । मकवानपुरको मनहरिबाट अवैध तीन सय सात केजी गाँजा लिएर भारतको रक्सौलतर्फ जाँदै गरेको एक भारतीय ट्रक र त्यसका चालकलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकामा भारत मोतीहारीका अशोककुमार दुबे र डब्ल्यु बी११–८५२४ नंको ट्रक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चालक दुबेले ट्रकको भित्रपट्टि फल्स बटम बनाई १६ वटा बोरामा लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद गरिएको प्रहरी उपरीक्षक वसन्त लामाले जानकारी दिए । रासस

Loading...

प्रतिक्रिया

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.