लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

सुत्केरी महिला ‘बलात्कृत’

शुक्रबार, ४ चैत, २०७३ मा प्रकाशित, 15603 पटक हेरिएको

रुकुम, चैत ४ । रुकुमकी एक सुत्केरी महिला बलात्कृत भएकी छन् ।

जिल्लाको झुला गाविसकी–२९ वर्षीया सुत्केरी महिला घरमा सुतिरहेको अवस्थामा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।

गत सोमबार राति घरमा एक्लै सुतिरहेको अवस्थामा ढोका फोरेर बाँफिकोट–४ का धनवीर विटालुले जबरर्जस्ती करणी गरेको बयान ती महिलाले दिएको प्रहरी निरीक्षक थमनबहादुर रजालीले जानकारी दिए ।

विटालुलाई जबरर्जस्ती करणी उद्योग र चोरी अपराधमा मुद्दा चलाइएको उनले बताए ।

घटनाकोबारेमा थप अनुसन्धानमा समस्या नहोस् भनेर बाहिर जानकारी ढिला दिएको प्रहरीको भनाइ छ ।

पीडित महिलाका श्रीमान् कामको सिलसिलामा सदरमुकाम मुसिकोट, खलंगामा बस्दै आएका छन् । रासस

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.