लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

चोरीको मोटरसाइकलसहित दुई युवा पक्राउ

सोमबार, ७ चैत, २०७३ मा प्रकाशित, 1117 पटक हेरिएको

मेलम्ची, चैत ७ । चोरीको मोटरसाइकलसहित मेलम्ची प्रहरीले सोमबार दुई युवालाई पक्राउ गरेको छ ।

चोरीको बा५२प ९४२७ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकलसहित मेलम्ची नगरपालिकाका रविन तामाङ र काभ्रे, तिमाल गाउँपालिकाका अभिषेक तामाङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

उक्त चोरीको मोटरसाइकल भक्तपुर, सूर्यविनायक नगरपालिका–६ का राजेश सुवालको रहेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबैजनालाई थप अनुसन्धानका लागि सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालय चौतारा पठाइएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework