लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

कोदालोले हानेर घरपेटीले गरे डेरामा बस्नेको हत्या

बिहीबार, ३१ चैत, २०७३ मा प्रकाशित, 39763 पटक हेरिएको

नवलपरासी, चैत ३१ । नवलपरासीको गैंडाकोट नगरपालिका–२ गोपीधाममा डेरा गरी बस्ने शेषकान्त रिमाललाई घरपेटी विष्णुप्रसाद पौडेलले कोदालो प्रहार गरी बिहीबार बिहान हत्या गरेका छन् ।

मृतक रिमाल र घरपेटी पौडेलबीचको भनाभनले उग्ररुप लिँदा घटना भएको जनाइएको छ ।

नवलपरासीकै दुम्कीवास घर भएका ३६ वर्षीय मृतक रिमाल सरस्वती निकेतन बोडिङ स्कुल गैंडाकोटमा अंग्रेजी विषयका शिक्षक थिए ।

हत्यालगत्तै पक्राउ परेका पौडेल नेपाल प्रहरीका अवकाशप्राप्त हवल्दार हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गैंडाकोटका निरीक्षक सुवास हमालले बताए ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.