लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

६ वर्षीय छोराको ‘हत्या गरी’ शव फालेर प्रहरीमा उजुरी दिएपछि...

आइतबार, ३ बैशाख, २०७४ मा प्रकाशित, 7084 पटक हेरिएको

धनुषा, वैशाख ३ । छोराको हत्या गरेको आरोपमा बाबुआमा पक्राउ परेका छन् ।

जनकपुर उपमहानगरपालिका–१४ मुजेलियाका ४० वर्षीय श्रीप्रसाद राउत र उनकी कान्छी श्रीमती २२ वर्षीया रीनादेवी राउतले ६ वर्षीय छोरा ‘कृष’ भनिने केशव राउतको हत्या गरेको आरोपमा प्रहरीले शनिबार पक्राउ गरेको हो ।

छोराको हत्या गरी शवलाई सेफ्टीट्यांकीमा फालेर छोरा हराएको भन्दै रीनादेवीले शनिबार नै वडा प्रहरी कार्यालय मुजेलियमा उजुरी दिएकी थिइन् ।

बालकको शव भेटेलगत्तै प्रहरीले बालकका बाबु र सौतेनी आमालाई पक्राउ गरेको हो ।

बालकको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र दुबैजनालाई जिल्ला अदालतबाट म्याद थप गराइ कर्तव्य ज्यान मुद्दाअन्तर्गत् कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हतियारसहित युवक पक्राउ
प्रहरीले जनकपुर उपमहानगरपालिका–८ रामानन्दचोकबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ ।

नियमित जाँचकाक्रममा क्षीरेश्वरनाथ नयरपालिका–११ शान्तिपुरका सिकिन्द्र यादवको साथबाट एकथान कटुवा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ । रासस

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.