लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

चितुवाको छालासहित एक पक्राउ

बुधबार, ६ बैशाख, २०७४ मा प्रकाशित, 1126 पटक हेरिएको

बैतडी, वैशाख ६ । चितुवाको छालासहित बैतडीको पाटनबाट बुधबार एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शिवनाथ गाउँपालिका–६ का महेशसिंह सुतार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सुतारसँग रहेको चितुवाको छाला पाँच फिट ९ इन्च लम्बाई र २ फिट चौडाई रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक हरिओम खड्काले बताए ।

पक्राउ परेका सुतारलाई बुधबारै जिल्ला वन कार्यालयको जिम्मा लगाइएको छ ।

सुतारलाई वन ऐन २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ (परिमार्जित २०७३) अनुसार रु २० हजारभन्दा माथि जरिवाना र ६ महिना कैद हुने जिल्ला वन कार्यालय बैतडीका सहायक वन अधिकृत रामप्रसाद चौधरीले जानकारी दिए । रासस

Loading...

प्रतिक्रिया

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.