लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

अवैध कल बाइपास गर्ने पक्राउ

बिहीबार, ७ बैशाख, २०७४ मा प्रकाशित,

काठमाडौं, वैशाख ७ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले अवैधरुपमा कल बाइपास गरेको आरोपमा अनुपा खतिवडालाई पक्राउ गरेको छ ।

ब्युरोबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिकास्थित श्रीराम पौडेलका घरमा बसेर अवैधरुपमा कल बाइपास गरिरहेको अवस्थामा उनलाई बुधबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

सो ठाउँबाट ६४ पोर्टको जीएसएम गेटवे डिभाइस, टीपी लिंकको राउटर, एचपी कम्पनीको ल्यापटप, कलर्स मोबाइल, ८ जीबीको पेनड्राइभ र सोनी एक्सपेरिया मोबाइल एक/एकथान बरामद गरिएको छ ।

अभियुक्त खतिवडालाई दूरसञ्चार ऐन, २०५३ अन्तर्गत् जिल्ला अदालत काठमाडौंबाट पाँचदिन म्याद लिइ अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework