लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

घरेलु हतियारसहित उम्मेदवारका छोरा पक्राउ

शुक्रबार, २९ बैशाख, २०७४ मा प्रकाशित, 3635 पटक हेरिएको

नुवाकोट, वैशाख २९ । नेकपा मोआवादी केन्द्रको तर्फबाट तार्केश्वर गाउँपालिकाको उपाध्यक्षका लागि प्रत्यासी कमलाकुमारी तामाङको छोरासहित दुईजनालाई प्रहरीले घरेलु हतियारसहित पक्राउ गरेको छ ।

माओवादी केन्द्रबाट उपाध्यक्षका उम्मेदवार तामाङको छोरा शमशेर तामाङ र सहयोगी राजेन्द्र तामाङलाई एकथान खुकुरी र तीनथान फलामको रडसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी देवबहादुर बोहराले जानकारी दिए ।

तामाङद्वयले प्रचार अभियानपछि घर फर्कंदै गरेका सो गाउँपालिकाका नेपाली कांग्रेसका कार्यकर्तालाई हतियार देखाउँदै धम्क्याएकाले नियन्त्रणमा लिएर तारुका प्रहरीचौकीमा राखी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework