लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

दुई करोड प्रतिबन्धित भारुसहित १५ जना समातिए

बुधबार, ३ जेष्ठ, २०७४ मा प्रकाशित,

काठमाडौं, जेठ ३ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतबाट नेपालका विभिन्न नाका हुँदै अवैध तरिकाले प्रतिबन्धित भारतीय नोट ल्याएका १५ जनालाई पक्राउ गरेको छ ।

ब्युरोबाट खटिएको टोलीले भारतमा प्रतिबन्ध लगाइएको रु ५०० र रु एक हजारदरका दुई करोड १६ लाख ६१ हजार भारतीय रुपैयाँसहित मंगलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा कमला भण्डारी, दिलीपकुमार लाल, मेघबहादुर थापा, सानुराजा रञ्जित, राजकुमार गिरी, अंकुर अग्रवाल, दिनेश अग्रवाल, अनिलकुमार पन्साली, सुरेन्द्रकुमार सांघाई, सञ्जयकुमार चौधरी, नवराज गुरुङ, पृथ्वी शाह, अमी रुद्दीन, मजेन लामा र पूर्णबासी गुप्ता रहेका छन् ।

उनीहरुले झोलामा लुकाएर सेन्ट्रो कारमा ल्याउँदै गर्दा प्रहरीले फेलापारेको हो ।

पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाएको प्रहरीले जनाएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework