लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

रानीबारी हत्याकान्डका दोषीलाई सर्वस्वसहित जन्मकैद

बुधबार, २८ आषाढ, २०७४ मा प्रकाशित, 30713 पटक हेरिएको

काठमाडौं, असार २८ । जिल्ला अदालत काठमाडौंले रानीबारी हत्याकान्डका अभियुक्तहरु मनराज गुरुङ र प्रमेश चौहानलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश रमेशप्रसाद रिजालको इजलासले बुधबार सो हत्याकान्डका अभियुक्त गुरुङ र चौहानलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार धु्रवकुमार उप्रेतीले जानकारी दिए ।

२०५९ साल असार ३१ गते काठमाडौंको रानीबारीस्थित कोठामा बस्ने इन्जिनियर दम्पती हेमबहादुर श्रेष्ठ र अञ्जना श्रेष्ठको धारिलो खुकुरी प्रहार गरी हत्या भएको थियो ।

श्रेष्ठ दम्पतीको हत्या गरेको आरोपमा रामेछाप जिल्ला स्थायी घर भइ जोरपाटी बस्ने चौहान र दोलखा, खारे स्थायी घर भइ सामाखुसी बस्ने गुरूङलाई दुई वर्षअघि पक्राउ गरिएको थियो ।

अभियुक्त गुरुङ र चौहान अहिले जेलमा छन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework