लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

युवती बेचबिखनको आशंकामा एक भारतीयसहित पाँचजना पक्राउ

बिहीबार, २९ आषाढ, २०७४ मा प्रकाशित, 1378 पटक हेरिएको

कैलाली, असार २९ । कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरियाबाट युवती बेचबिखनको आशंकामा एक भारतीय नागरिकसहित अन्य पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार राति काठमाडौंबाट धनगढीतर्फ आइरहेको यात्रीबाहक बसमा भारतको भगवानपुर भन्ने ठाउँमा बस्ने २१ वर्षीय श्यामकुमार र साथमा काभ्रे नमोबुद्ध नगपालिका–५ घर भएकी १८ वर्षीया तामाङ थर भएकी एक युवतीलाई सुराकीका आधारमा पक्राउ गरेको मालाखेती इलाका प्रहरी कार्यालयले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा कन्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रबाट दुई र अत्तरिया आसपासको क्षेत्रबाट तीन पुरुषलाई अनुसन्धानका लागि पक्राउ गरिएको मालाखेतीका प्रहरी प्रमुख हिक्मतबहादुर बोहराले जानकारी दिएका छन् ।

घटना शंकास्पद देखिएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework