लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

बजारबाट फर्केने क्रममा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

शुक्रबार, ३० आषाढ, २०७४ मा प्रकाशित,

पाँचथर, असार ३०। पाँचथरको फाल्गुनन्द गाउँपालिकामा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् ।

फाल्गुनन्द गाउँपालिका–४ का ४२ वर्षीय नेत्र चेम्जोङले आफ्नी ४० वर्षीया श्रीमती यशोदा राई चेम्जोङको हत्या गरेका हुन् ।

बिहीबार श्रीमतीसँगै नजिकैको राँकेबजार आएका चेम्जोङले घर फर्कने क्रममा फाल्गुनन्द–४ लिगिम्बा भन्ने ठाउँमा श्रीमतीलाई खुकुरी र लाठी प्रहार गरी हत्या गरेका हुन् ।

घर फर्कंदै गर्दा श्रीमान् श्रीमतीको विवाद भएर हत्या भएको भनिएपनि कारण भने यकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।

बाटोमा हिँडिरहेका स्थानीयवासीले लास देखेर इलाका प्रहरी चौकी, राँकेमा खबर गरेपछि खटिएको टोलीले हत्या आरोपी चेम्जोङलाई पक्राउ गरेको प्रहरीले बताएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework