लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

अवैध सुनसहित भारतीय युवक पक्राउ

शुक्रबार, ३० आषाढ, २०७४ मा प्रकाशित, 1870 पटक हेरिएको

हेटौंडा, असार ३० । हेटौंडाबाट अवैध सुनसहित प्रहरीले शुक्रबार एकजना भारतीय युवकलाई पक्राउ गरेको छ ।

७० लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको एक किलो ५१६ ग्राम सुनसहित भारतको बिहार, पूर्वी चम्पारणका ३५ वर्षीय सुमनकुमार पक्राउ परेका हुन् ।

काठमाडौंबाट वीरगन्जतर्फ गइरहेको ना१ज ४०२९ नम्बरको टाटासुमोलाई हेटौंडा उपमहानगरपालिका—१५ रातोमाटेस्थित चेकपोस्टमा चेकजाँच गर्नेक्रममा उक्त सुन फेलापरेको प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework