लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

२३ वर्षअघि हत्या गरेर फरार रहेका दुईजना समातिए

शुक्रबार, ३० आषाढ, २०७४ मा प्रकाशित, 1988 पटक हेरिएको

काठमाडौं, असार ३० । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २३ वर्षअघि हत्या गरी फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरेको छ ।

सर्वश्वसहित जन्मकैद सजाय भएका सप्तरी, महादेवा गाउँपालिका घर भइ काठमाडौं, धुम्बाराही डेरा गरी बस्ने सचिन्द्र यादव र ३५ वर्षीय कारी यादवलाई बालाजुबाट प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

वि.सं. २०५१ फागुन २० गते राति पकरीचोक, सप्तरीमा रामलीला हेरी घरतर्फ फर्कंदै गरेका स्थानीयवासी जोगेन्द्र मण्डललाई वादविवादकाक्रममा कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।

सो घटनामा संलग्न पाँच प्रतिवादीमध्ये हालसम्म फरार रहेका दुबैलाई ब्युरोको टोली पक्राउ गर्न सफल भएको हो ।

सो मुद्दामा सर्वोच्च अदालतको वि.सं. २०६२ चैत ७ गतेको फैसलाले दुबैजनालाई सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर गरेकामा पक्राउ परेका दुबैजनालाई फैसला कार्यान्वयनका लागि शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको र अदालतको आदेशबमोजिम कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework