लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

एक लाख लुटेर तीनजना फरार

सोमबार, २ साउन, २०७४ मा प्रकाशित, 2780 पटक हेरिएको

नुवाकोट, साउन २ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा सदस्यसँग पैसा उठाएर फर्कंदै गरेका एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड बेत्रावती रसुवाका कर्मचारी सोमबार लुटिएका छन् ।

मानेगाँउमा सोमबार अपराह्न सदस्यसँग ऋण उठाएर फर्कंदै गरेका संस्थाका कर्मचारी विदुर नगरपालिका–५ देवीघाटकी संगीता नेपाल र पनौती नगरपालिका–१२ काभ्रेपलाञ्चोकका प्रदीप केसीसँग भएको रु एक लाख लुटिएको नुवाकोट प्रहरीले जनाएको छ ।

सदस्यबाट रकम उठाएर संस्थाको कार्यालय बेत्रावतीतर्फ पैदल फर्कंदै गरेकाबेला तीनजनाको समूहमा आएका व्यक्तिले आक्रमण गरी रकम लुटेर फरार भएको पीडितले प्रहरीसमक्ष बताएका छन् ।

लुटेराले केसीलाई काठको लौराले टाउकामा हानी लडाएको र नेपाल आत्तिएर भाग्न थालेपछि रकम लुटेर फरार भएको पाइएकाले संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

लुटेराको अक्रमणबाट केसीको टाउकोमा चोट लागेको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework