लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

३५ हजार घुससहित ओभरसियर रंगेहात पक्राउ

शुक्रबार, २७ साउन, २०७४ मा प्रकाशित, 2737 पटक हेरिएको

रौतहट, साउन २७ । जिल्ला शिक्षा कार्यालय रौतहटका ओभरसियर ललनकुमार सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

हेटौंडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिंहलाई शुक्रबार रौतहटको गौरबाट रंगेहात पक्राउ गरेको हो ।

सिंहले श्री माध्यमिक विद्यालय माधोपुरको भवन निर्माणको बक्यौता रकम फर्छ्यौट गर्न तत्कालीन प्रधानाध्यापक रामउदार यादवबाट रकम लिँदै गरेको अवस्थामा अख्तियारको फन्दा परेका हुन् ।

अख्तियारबाट खटिएका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काको टोलीले उनलाई गौरस्थित बीपीचोकमा प्रदीप केशरीको चिया पसलबाट पक्राउ गरेको बताइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework