लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

भाइको चिर्पट प्रहारबाट दाइको ज्यान गयो

शुक्रबार, २७ साउन, २०७४ मा प्रकाशित, 3028 पटक हेरिएको

राजविराज, साउन २७ । सप्तरीको सप्तकोसी नगरपालिका–३ स्थित सखुवनीटोलमा आफ्नै भाइले रक्सी खाएको झोकमा दाउराको चिर्पट प्रहार गर्दा दाइको शुक्रबार मृत्यु भएको छ ।

स्थानीय ४० वर्षीय बलराम सदाले आफ्नै दाजु ४२ वर्षीय बल्खुराम मुसहरमाथि दाउराको चिर्पट प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सँगै बसेर रक्सी खाएका दाजुभाइबीच विवाद हुँदा भाइले चिर्पट प्रहार गर्दा बल्खुको मृत्यु भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताए ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि सोही नगरपालिकाको फत्तेपुरस्थित ओम साई मनकामना अस्पतालमा भर्ना गरे पनि उपचारकैक्रममा शुक्रबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक उप्रेतीले जानकारी दिए ।

चिर्पट प्रहार गर्ने बलरामलाई भने इप्रका कन्चनपुरले नियन्त्रणमा लिएको छ ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पठाएको र घटनाबारे अनुसन्धान भइरहेको जिप्रका सप्तरीले जनाएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework