लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अखिल क्रान्तिकारीमा आवद्ध विद्यार्थी जाग्रीको होस्टेलमै घाँटी रेटेर हत्या

शनिबार, २८ साउन, २०७४ मा प्रकाशित, 8108 पटक हेरिएको

भीमदत्तनगर, साउन २८ । कन्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा अध्ययनरत् विद्यार्थीको शनिबार बिहान होस्टेलमै हत्यापछि सो घटनाको विद्यार्थी संगठनहरुले भर्त्सना गरेका छन् ।

बझाङ घर भइ हाल सिद्धनाथ विज्ञान क्याम्पसमा बीएससी चौथो वर्षमा अध्ययनरत् विद्यार्थी डम्बर जाग्रीको घाँटी रेटेर हत्या गरेको अवस्थामा होस्टेलको स्टोरमा शव भेटिएको थियो ।

मृतक जाग्रीले क्याम्पसमा रहेको क्यान्टिनसमेत लिजमा लिएर सन्चालन गर्दै आएको बुझिएको छ ।

प्रहरीले प्रारम्भिक चरणमा घटनाबारे सोधपुछ गर्न क्यान्टिनका कारिगरसहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ ।

विभिन्न विद्यार्थी संगठनका नेताहरुले सामाजिक सञ्जालमार्फत् घटनाको भर्त्सना गर्दै हत्यारा पत्ता लगाइ कारबाहीको माग गरेका छन् ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य कैलाश चन्दले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

त्यसैगरी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला अध्यक्ष ओम बस्नेतले पनि घटनाको भर्त्सना गरेका छन् ।

त्यस्तै, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष वीरेन्द्र विष्टले संगठनका होनहार नेताको हत्याको गहन छानबिन हुनुपर्ने माग गरेका छन् ।

जाग्री नेकपा माओवादीनिकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनमा आबद्ध थिए ।

हत्याको समयमा होस्टलमा रहेका अन्य विद्यार्थीले घटनाबारे थाहा नभएको बताएका छन् । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework