लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

यी हुन् गौचनका ‘हत्यारा’, पाँचजना समातिए, यसरी गरियो हत्या (भिडियो)

मंगलबार, २८ कार्तिक, २०७४ मा प्रकाशित,

काठमाडौं, कात्तिक २८ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न ‘सुटर’सहित पाँचजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले मंगलबार महेन्द्र पुलिस क्लबमा पत्रकार सम्मेलन गरी पक्राउ परेका एक भारतीय नागरिकसहित पाँचैजनालाई सार्वजनिक गरेको हो ।

पक्राउपर्नेमा मुख्य सुटर नुवाकोटका २१ वर्षीय राजीव स्याङ्ताङ, हतियार र मोटरसाइकलको व्यवस्था गर्ने पर्साका शिवजी महतो, हतियार व्यवस्था गर्ने भारत, विहारका मुकेशकुमार पाण्डे, पर्साका सन्तोष गुरुङ र सहयोगी काठमाडौं, नागार्जुनका प्रकाश बुढाथोकी छन् ।

गौचनले फिरौती रकम नदिएपछि भारतमा रहेका समिरमान सिंह बस्नेत र मनोज पुनको निर्देशनमा स्याङ्ताङले गौचनलाई गोली हानेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

गोली हान्न निर्देशन दिने बस्नेत र पुनसहित अरु ८ जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।

‘लोप्साङ’, ‘बोका’ भनिने गंगा लिङ्देन, नेपाली सेनाका भगौडा सिपाही तथा अर्का सुटर भगौडा सिपाही ‘कालेदाइ’ भनिने अम्बरबहादुर राना, काठमाडौंमा बसेर काम थर्ने मुख्य व्यक्ति रोशन बुढाथोकी र अजय लामा भने फरार रहेका हुन् ।

महतोले भारतबाट पेस्तोल र एउटा मोटरसाइकल किनेर श्याम गुम्बेलाई दिएको प्रहरीले जनाएको छ । घटनामा दुईओटा पेस्तोलबाट गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या गरिएको थियो ।

प्रहरीले यसअघि हत्यामा प्रयोग गरिएको आशंकामा दुईओटा मोटरसाइकल बरामद गरेको थियो । जसमध्ये एउटा चोरीको मोटरसाइकल भएको खुलेको छ ।

डीआइजी गणेश केसीको संयोजकत्वमा गठित छानबिन समितिले अनुसन्धान गरी अभियुक्तहरुलाई पक्राउ गरेको हो ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework