लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

वीरगन्जमा नगद र नमुना मतपत्रसहित बाम-गठबन्धनका कार्यकर्ता पक्राउ

बुधबार, २० मंसिर, २०७४ मा प्रकाशित,

वीरगन्ज, मंसिर २० । निर्वाचनको मुखमा पर्सा क्षेत्र नं. ३ को पोखरीया नगरपालिकामा बाम–गठबन्धनका कार्यकर्ता पक्राउ परेका छन् ।

निर्वाचनलाई लक्षित गरी भएको चेकजाँचका क्रममा पोखरियास्थित पेट्रोल पम्प नजिकैबाट एमालेकोे स्वास्तिक छाप लागेको २ हजार नमूना मतपत्रसहित तीन जना पकाउ परेका हुन् ।

पक्राउ पर्नेमा बाम गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका प्रत्यक्षका प्रतिस्पर्धी राजकुमार गुप्ताका कार्यकर्ता अशोक रौनियार, फूलकौलका बासु प्रसाद र वृजेश पटेल छन् ।

ना १ ह ९३३२ नम्बरको अटोमा पोखरिया आईरहेका उनीहरुको साथबाट ३ लाख नगद र एमालेको नमूना मतपत्र नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework