लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

निर्वाचन बिथोल्न संलग्न भएको आरोपमा ९५७ जना समातिए

बुधबार, २० मंसिर, २०७४ मा प्रकाशित,

काठमाडौं, मंसिर २० । नेपाल प्रहरीले बिहीबार हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन बिथोल्ने कार्यमा संलग्न भएको आरोपमा झन्डै एक हजारजनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका प्रमुख, नेता, उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट ९५७ जनालाई पक्राउ गरेको हो ।

नेकपाका ६०० र सीके राउत समूहका १३ जना तथा अन्य ३४४ जनालाई नियन्त्रणमा लिइएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता मनोज न्यौपाने निर्वाचनलाई स्वच्छ र भयरहित बनाउँदै उम्मेदवार तथा मतदाताको सुरक्षाका लागि नेपाल प्रहरी लागिपरेको बताए ।

‘निर्वाचनका लागि हामीले बुथ सुरक्षा टोलीका अलावा पैदल टोली, मोबाइल टोली, सादा पोसाक टोलीलगायत रिजर्भ टोली खटाएका छौं’–उनले भने ।

नेपाल प्रहरीले निर्वाचनका लागि देशभर रहेका प्रहरी जनशक्तिको ९० प्रतिशत जनशक्ति खटाइएको जनाएको छ ।

प्रवक्ता न्यौपानेले पहिलो चरणमा निर्वाचन भएका जिल्लाबाट पनि दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा प्रहरी टोली खटाइसकेको जानकारी दिए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework