लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

एमबिबिएस परीक्षामा प्रश्नपत्र लिक गराउने दोषी ठहर, सुनाइयो कैद र जरिवानाको सजाय

बिहीबार, २७ पुष, २०७४ मा प्रकाशित,

काठमाडौं, पुस २७ । दुई बर्षअघि एमबीबीएस छात्रवृत्तिको प्रवेश परीक्षामा प्रश्नपत्र आउट गरेको आरोप लागेका काठमाडौंस्थित गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डेसहित ६ जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ ।

सो घटनामा संलग्न रहेको आरोप लागेका २ जनालाई भने सफाइ दिइएको छ ।

२०७१ साल मंसीरमा शिक्षा मन्त्रालयले लिएको एमबीबीएसको परीक्षामा गोल्डेन गेटका सञ्चालकले अन्य व्यक्तिहरुसँगको मिलेमतोमा प्रश्नपत्र आउट गराएको ठहर विशेष अदालतले गरेको हो ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यद्वय द्वारिकानाथ जोशी र नारायणप्रसाद पोखरेलको इजलाशले मुख्य योजनाकार प्रभात कुमार कुशवाहलाई ४ बर्ष कैद र ३४ लाख रुपैया जरिवाना हुने फैसला गरेको छ ।

यस्तै गोल्डेन गेट कलेजका निर्देशक पाण्डेलाई ९ महिना कैद र ५ लाख ५ हजार जरिवाना, शिक्षक हरिहर भनिने खेतरनाथ सापकोटालाई एक महिना १५ दिन कैद र २५ सय जरिवाना हुने फैसला सुनाइएको छ ।

त्यसैगरी धर्मेन्द्र यादवलाई एक वर्ष कैद ९ लाख जरिवाना, जीवन यादवलाई १ वर्ष कैद ५ लाख २ हजार र महेश्वरप्रसाद यादवलाई २ वर्ष कैद १७ लाख १ हजार जरिवानाको फैसला सुनाइएको छ ।

गोल्डेन गेट सेन्टरमा परीक्षा सुरु हुनु ६ मिनेटअघि नै प्रश्नपत्र लिक भएको थियो । प्रश्नपत्र बिक्री भइरहेका बेला अख्तियारको टोलीले गोल्डेन गेट कलेजका निर्देशक पाण्डेलाई पक्राउ गरेको थियो ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework