लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

७६ हजार नगदसहित ६ जना जुवाडे पक्राउ

शनिबार, २९ पुष, २०७४ मा प्रकाशित,

इटहरी, पुस २९ । इटहरी उपमहानगरपालिका–२० तरहरा क्षेत्रमा रहेको काबेली होटलमा गए राति जुवा तास खेलिरहेको अवस्थामा रु ७६ हजार नगद र चार बुङ ताससहित ६ जनालाई रंगेहात पक्राउ गरिएको छ ।

प्रहरी चौकी तरहराका प्रहरी टोलीले सुराकका आधारमा जुवा तास खेलिरहेको अवस्थामा इटहरी–५ का ३५ वर्षीय वीरेन सुब्बा, इटहरी–१ का ४१ वर्षीय घनश्याम न्यौपाने, इटहरी–४ का ३५ वर्षीय मिनष राईलाई पक्राउ गरेको हो ।

त्यसैगरी, इटहरी–४ का ४६ वर्षीय बाबुराम लिम्बू, मोरङको सुन्दरहरैचा–३ का ३५ वर्षीय बिपी श्रेष्ठ र सोही नगरपालिका–६ का २९ वर्षीय तीर्थ पराजुलीलाई सोही स्थानबाट जुवा तास खेलिरहेको अवस्थामा पक्राउ गरी कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी हिरासतमा राखिएको प्रहरीले बताएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework