लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Sangja

फरार अपराधी २० वर्षपछि पक्राउ

सोमबार, २९ माघ, २०७४ मा प्रकाशित,

बुटवल, माघ २९ । कर्तव्य ज्यान मुद्दामा अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका एक फरार अपराधी २० वर्षपछि पक्राउ परेका छन् ।

रुपन्देही जिल्लाको साविक हर्नैया गाविस–२ हाल सियारी गाउँपालिका–३ की चन्द्रावती थारुलाई वि.सं. २०५३ जेठमा कर्तव्य गरी मारेको अभियोगमा रुपन्देही जिल्लाको साविक सिक्टहन गाविस–६ (हाल देवदह नगरपालिका–१२) बस्ने वर्ष ५० को राधेश्याम जैसवाल कलवारले भैरहवामा आफ्नो वास्तविक परिचय लुकाइ बसोबास गरेको अवस्थामा प्रहरीले विशेष सुराकीको आधारमा शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनलाई सर्वोच्च अदालतले वि.सं. २०६५ भदौ २३ मा भएको फैसलामा सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework