लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सुनचाँदी व्यवसायी मुखियाको हत्या व्यवसायी ‘देवको घरमा’, तीनजना समातिए

मंगलबार, २९ फागुन, २०७४ मा प्रकाशित,

विशाल नेम्वाङ (इमेज): झापा, फागुन २९ । झापामा एकजना सुनचाँदी व्यवसायीको हत्यामा संलग्न भएको अभियोगमा इलाका प्रहरी कार्यालय बिर्तामोडले मंगलबार पत्रकार सम्मेलन गरी तीनजनालाई सार्वजनिक गरेको छ ।

बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको शव भेटिएको भोलिपल्ट प्रहरीले उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएकामा बिर्तामोडको ऋद्धिसिद्धि ज्वेलर्सका सन्चालक पारसकुमार देव, सोही ज्वेलर्सका कामदार बिर्तामोड–८ का दीपेश पौडेल र बिर्तामोड–३ का चिरन्जीवी ओली रहेका छन् ।

उनीहरु तीनजना मिलेर मुखियाको हत्या गरेको प्रहरीले जनाएको छ ।

झापाका प्रहरी प्रमुख एसपी विष्णुबहादुर केसीले देवको घरमा मुखियालाई बाँधेर हत्या गरिएको अनुसन्धानकाक्रममा खुलेको बताए ।

प्रहरीकाअनुसार हत्यापछि उनको शवलाई भारतीय नम्बरको गाडीमा राखेर इलामको कोल्बुङ पुर्‍याइएको थियो ।

सुनचाँदी व्यवसायी संघ झापाका सदस्य मुखिया गत फागुन २० देखि बिर्तामोडबाट बेपत्ता भएका थिए । उनलाई सोही दिन मारिएको प्रहरीले जनाएको छ ।

मुखियाको शव सोमबार इलामको रोङ गाउँपालिका–३ स्थित भीरमा फेलापरेको थियो । बोरामा बाँधेर फ्याँकिएको अवस्थामा उनको शव भेटिएको प्रहरी प्रमुख केसीले जानकारी दिए ।

प्रहरीले अभियुक्तका साथबाट गरगहना, मोबाइल र मे७प ८७५४ नम्बरको एउटा स्कुटी बरामद गरेको छ । मुखियाको हत्यापछि उनीहरुले ती गरगहना लुटेको प्रहरीको दाबी छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework