लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रतिबन्धित एक हजार र ५०० दरका ४९ लाख भारुसहित काठमाडौंबाट दुईजना समातिए

बिहीबार, २९ चैत, २०७४ मा प्रकाशित,

काठमाडौं, चैत २९ । महानगरीय प्रहरी परिसर काठमाडौंले प्रतिबन्धित एक हजार र ५०० दरका भारतीय नोट ४९ लाख ३१ हजार ५०० सहित दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुलाई काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा आफूलाई कपडा व्यापारी बताउने मोरङ, कटहरी गाउँपालिका–३ का सुनिलदेव वैश्य र नुवाकोट, शिवपुरी गाउँपालिका–५ का चेतबहादुर नेपाली रहेका छन् ।

उनीहरुलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाइने परिसर प्रमुख पोखरेलले जानकारी दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework