लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

बालकको अपहरणपछि हत्या गर्नेलाई ३१ वर्ष कैद र १६ लाख जरिवाना

मंगलबार, ४ बैशाख, २०७५ मा प्रकाशित,

महोत्तरी, वैशाख ४ । बालकलाई अपहरण गरी हत्या गरेको आरोपमा महोत्तरी जिल्लाको जलेश्वर कारागारमा पुर्पक्षमा रहेका दुईजनालाई महोत्तरी जिल्ला अदालतले मंगलबार जनही ३१ वर्ष कैद सजाय सुनाएको छ ।

जलेश्वर–१२, मलिवारा गाउँबाट नवीन पाण्डेका ११ वर्षीय छोरा ‘क्युट’ भनिने निश्चललाई २०७२ पुस ३० गते साँझ ६ बजे अपहरण गरी जलेश्वर–१३ स्थित रातुखोलाको पुलनजिकै झाडीमा हत्या गरेर गाडेको आरोपमा अदालतले जलेश्वर नगरपालिका–१ बस्ने पप्पु यादव र वडा नम्बर–६ बस्ने २० वर्षीय गोविन्दकुमार मिश्रलाई कर्तव्य ज्यान मुद्दामा सो सजाय सुनाएको हो ।

साथै, दुवैजनालाई जनही करिब रु १६ लाख जरिवानासमेत ठहर गरिएको श्रेस्तेदार रामानन्दप्रसाद अधिकारीले बताए ।

सोही मुद्दामा जलेश्वर–२ बस्ने शिवम चौधरीलाई अदालतले ११ वर्ष कैद र करिब रु १६ लाख जरिवाना ठहर गरेको छ ।

अभियुक्तहरुले बालक पाण्डेलाई मोटरसाइकल चलाउने लोभ देखाएर जलेश्वर–१२ स्थित बसबिसौनीबाट अपहरण गरी लगेर उनका बुवा नवीनसँग ३० लाख भारु फिरौती मागेका थिए ।

बालकले आफू अपहरणमा परेको बुझिसकेर कराउन थालेपछि अभियुक्तले उनको नाक–मुख थिची हत्या गरेका थिए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework