लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

लागुऔषधसहित दुई भारतीय पक्राउ

बिहीबार, ३ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ ३ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले एक हजार ५०० एम्पुल लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले भारतीय गाडीमा लागुऔषध लुकाएर ल्याउँदै गरेका भारत, चम्पारणका जितेन्द्र कुमार र विहारका सनोज कुमारलाई बुधबार काठमाडौं महानगरपालिका–१४ बल्खुबाट पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

भारतीय नम्बर प्लेटको टाटासुमोमा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुसँग ५०० एम्पुल डाइजेपाम, ५०० एम्पुल नुर्फिन र ५०० एम्पुल फेनार्गन बरामदसमेत गरेको छ ।

पक्राउ परेका दुवैमाथि कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework