लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

दाहालले देउवालाई भने, ‘ढिलोमा जेठ ८ भित्र राजीनामा दिन्छु’

मंगलबार, २ जेष्ठ, २०७४ मा प्रकाशित, 22134 पटक हेरिएको

काठमाडौं, जेठ २ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँग भएको समझदारीअनुसार जेठको पहिलो साताभित्रै राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने भएका छन् ।

दाहालले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको कुराकानीमा यस्तो प्रतिबद्धता दोहो¥याएका हुन् । कांग्रेस–माओवादी केन्द्रबीच गठबन्धनमा दाहाल प्रधानमन्त्री बन्नु अघि नै आलोपालो सरकारको नेतृत्व लिने समझदारी भएको थियो ।

आलोपालो सरकारको नेतृत्व लिने विषयसँग सम्बन्धित पाँचबुँदे समझदारी अहिलेसम्म दुबै पक्षबाट सार्वजनिक भएको छैन । उक्त समझदारीको तेस्रो बुँदामा प्रधानमन्त्री दाहालले चैत मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्ने र त्यसपछिको चरणमा कांग्रेसले नेतृत्व लिने समझदारी छ ।

चैत मसान्तभित्र स्थानीय तहको निर्वाचन सम्भव नभएपछि पछिल्लो पटक कांग्रेस र माओवादी केन्द्रले वैशाख ३१ को पहिलो चरणको चुनावपछि सरकार नेतृत्व बदल्ने सहमति गरेका थिए ।

‘प्रधानमन्त्री दाहालले कांग्रेस सभापति देउवासँग ढिलोमा जेठ ८ भित्र राजीनामा दिने बताउनु भएको छ,’ कांग्रेसका एक नेताले भने, ‘त्यसलगत्तै कांग्रेस–माओवादी गठबन्धन मै देउवा नेतृत्वमा नयाँ सरकार बन्ने छ ।’ –कान्तिपुर दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework