लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

अमेरिकामा आपत्कालीन साइरन ‘ह्याक’ हुँदा भागाभाग

सोमबार, २८ चैत, २०७३ मा प्रकाशित, 29631 पटक हेरिएको

काठमाडौं, चैत २८ । अमेरिकाको डलास सहरमा आपत्कालीन अवस्थामा बज्ने साइरन एक्कासि ह्याकरहरुले बजाइदिएपछि भागदौड मच्चिएको छ ।

गत शुक्रबारदेखि लगातार आइतबार (हिजो)सम्म १५६ भन्दा बढी साइरन ह्याकरले ह्याक गरेर बजाइदिँदा स्थानीय वासिन्दाहरुमाझ धेरैपटक भागदौड मच्चिएको डलास सहरका प्रवक्ताले बताएका छन् ।

डलासमा मौसम, विस्फोट तथा अन्य सुरक्षालगायतका आपत्कालीन अवस्थामा मानिसहरुलाई सर्तक गराउन प्रयोग गर्ने गरी साइरन जडान गरिएको छ ।

तर, ह्याकरहरुले एकैपटक १५६ ओटा आपत्कालीन साइरन रातको समयमा बजाइदिँदा मानिसहरु आत्तिएर उठेको बीबीसीले उल्लेख गरेको छ ।

डलास आपत्कालीन व्यवस्था कार्यालयले विज्ञप्तिमार्फत् मध्यरातमा साइरन ह्याक हुँदा सहरवासीले दुःख पाएकोमा क्षमा मागेको छ ।

विज्ञप्तिमा स्थानीय एकजना ह्याकरलाई पक्राउ गरी अनुसन्धान गरिएको उल्लेख छ ।

डलासका स्थानीय पत्रकार जसन ह्वाइट्लीले स्थानीय समयअनुसार रातको ११ः४२ देखि ९० मिनेटसम्म साइरन बजेको बताए । उनकाअनुसार साइरन बजेपछि अधिकांश सहरवासी उठेका थिए ।

डलास आपत्कालीन व्यवस्था कार्यालयलका प्राविधिकहरुले साइरन बन्द गर्न नसकेपछि साइरनको मुख्य तार नै काटिदिएका थिए ।

उनीहरुले अनुभवी ह्याकरले सबै साइरन नियन्त्रण गर्न सफल भएको बताएका छन् ।

पत्रकार ह्वाइट्लीकाअनुसार गत वर्ष पनि डलास सहरमा ट्राफिक सिग्नल ह्याकरले ह्याक गरिदिँदा धेरै मानिसहरुले दुःख पाएका थिए ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.