लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

बसपार्क स्तरोन्नतिको काम धमाधम

बुधबार, २७ पुष, २०७३ मा प्रकाशित, 1909 पटक हेरिएको

दाङ, पुस २७ । दाङको घोराही बसपार्क स्तरोन्नतिको काम तिव्र रुपमा शुरु भएको छ ।

जिल्लामा अन्य विकास निर्माणका आयोजनाको काममा ढिलासुस्ती भइरहेका बेला घोराही बसपार्क स्तरोन्नतिको काम भने तिव्र गतिमा भएको हो ।

भवन डिभिजन कार्यालय दाङले १ करोड ३९ लाख रुपैयाँको लागतमा घोराही बसपार्कको ४ हजार ३ सय १५ वर्गमिटर आरसीसी ढलान तथा डेढ फिट चौडाई र २ सय २० मिटर लम्बाईको फुटपाथ निर्माण थालेको हो ।

२०७४ साल असोजसम्म निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको पीएम प्रेमधन जेभीले निर्माण थालेको २ महिनामै ३५ प्रतिशत काम सम्पन्न भइसकेको भवन डिभिजन कार्यालय दाङले जनाएको छ ।

आरसीसीको काम भइरहे पनि फुटपाथ बनाउने काम भने अझै सुरु भएको छैन ।

Loading...

प्रतिक्रिया

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.