लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

हत्यारालाई जन्मकैदको फैसला नभएसम्म शव नबुझ्ने भन्दै मौनर्‍याली

सोमबार, २ साउन, २०७४ मा प्रकाशित, 8201 पटक हेरिएको

दाङ, साउन २ । दाङको तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणपछि हत्या गरिएका घोराही उपमहानगरपालिका–१२ का रणबहादुर घर्तीका परिवार, शुभचिन्तक तथा आफन्तले हत्यारालाई जन्मकैदको फैसला नभएसम्म शव नबुझ्ने भन्दै सदरमुकाम घोराहीमा मौनर्‍याली निकालेका छन् ।

पीडित परिवार तथा आफन्तले हत्यारालाई हदैसम्मको सजाय दिनुपर्ने, पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति दिनुपर्ने, मृतकका श्रीमतीलाई रोजगारी तथा छोराछोरीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्नेलगायतका माग गरेका छन् ।

सोमबार घोराहीको ट्राफिकचोकबाट सुरु भएको मौनर्‍याली बजार परिक्रमा गरी जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर धर्नामा परिणत भएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework