लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

भारतीय फिल्म दंगलले चीनमा तहल्का मच्चाउँदै

मंगलबार, २ जेष्ठ, २०७४ मा प्रकाशित, 24834 पटक हेरिएको

चीन, जेठ २ । भारतीय चलचित्र ‘दंगल’ ले चीनमा प्रदर्शनको एघार दिनमा ६ करोड ५० लाख अमेरिकी डलर कमाएर अहिलेसम्मकै सफल फिल्म भएको बताइएको छ ।

‘दंगल’ चीनमा प्रदर्शन भएको भारतीय चलचित्रमा अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने किर्तिमानि राखेको छ ।
उक्त फिल्मले मे १३ गतेको प्रदर्शनबाट एक दिनमै १० करोड चिनियाँ युआन कमाउन सफल भएको थियो ।

चीनको सेतेमास्थित समालोचना गर्ने चिनियाँ वेबसाइट ‘डौबान’ले दंगललाई १० नम्बरमा ९.२ नम्बर दिएको छ ।

भारतीय अभिनेता अमिर खानले खेलेको फिल्म ‘थ्री इडिएट्स’ ले यसअघि नै चीनमा पाएको सफलताका कारणपनि ‘दंगल’ चलचित्रले चीनमा सफलता हासिल गरेको चिनियाँ सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

चीन र भारतबीच चलचित्र उद्योगको प्रगति एवम् प्रवद्र्धनका लागि सहकार्य गर्ने विषयमा सहमति भैसकेको छ । उनीहरुले चलचित्रमा सहनिर्माण, आपसी आयात र लगानीमा सहकार्य गर्ने सहमति जनाएका छन् । रासस/सिन्ह्वा

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework