Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


वायु प्रदूषणले नयाँदिल्लीमा दिउँसै अन्धकार, ‘दिल्ली ग्यास च्याम्बर बन्यो’


0
Shares

विषालु वायु प्रदूषणले जनजिवन अस्तव्यस्त भइपछि नयाँदिल्लिका उपमुख्यमन्त्री मनिष सिसोडियाले बालबालिकालाई असर गर्ने भन्दै बुधबारदेखि अनिश्चितकालसम्मका लागि प्राथमिक कक्षासम्मको पठनपाठन बन्द गर्न निर्देशन दिएका छन् ।

साथै, उपमुख्यमन्त्री सिसोडियालेले दिल्लीका जनतालाई केहि दिन बाहिरी गतिविधि नगर्न र सकेसम्म घरमै बस्न आग्रहसमेत गरेको छन् ।

त्यस्तै, मुख्यमन्त्री केजरीवालले दिल्ली ग्यासको च्याम्बर बनेको बताएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘आज दिल्ली ग्यास च्याम्बर बनेको छ, हरेक वर्ष यस्तै हुन्छ अब यसको समाधान खोज्नुपर्नेछ ।’

भारतीय सर्वौच्च अदालतले वायु प्रदुषण नियन्त्रण गर्नका लागि स्थापना गरेको पर्यावरण प्रदूषण नियन्त्रण प्राधिकरण (इपीसीए)ले नीजि सवारीसाधन कम गर्न पार्किङ शुल्क चार गुणाले वृद्धि गरेको बताएको छ । साथै, सार्वजनिक सवारीसाधनको प्रयोग बढाउन मेट्रोको भाडा घटाउने तयारी गरिरहेको इपीसीएले उल्लेख गरेको छ ।

दिल्लीमा अत्याधिक वायु प्रदूषण बढेपछि सर्वौच्च अदालतले पन्जाब, राजस्थान, हरियाणा र दिल्लीसरकारसँग यस विषयमा जवाफ मागेको छ । दिल्लीको प्रदुषणले चारै राज्य सरकारलाई चुनौती थपिएको र उनीहरुले अगामी नोभेम्बर १९ सम्ममा अदालतमा जवाफ नबुभलाए कारबाही अघि बढ्ने भारतीय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

केन्द्रिय प्रदूषण नियन्त्रण बोर्डले दिल्लीको हावाको गुणस्तर अत्याधिक खतरनाक भएको र ‘ग्रेडेड रेपोन्स एक्शन प्लान’ सुरु गरिएको जानकारी दिएको छ ।

प्रदूषणको असरले कैयौं सार्वजनिक कार्यक्रम प्रभावित भएको बताइएको छ । त्यस्तै, प्रदूषित धुवाँका कारण हवाइइ उडानसमेत प्रभावित भएको दिल्ली एअरपोर्टले बताएको छ । एजेन्सी