लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रतिश्पर्धा विना नै नेतापत्नीलाई जागिर

बुधबार, २६ पुष, २०७४ मा प्रकाशित,

धरान, पुस २६ । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले विनाप्रतिश्पर्धा एमाले नेताका श्रीमतीलाई जागिर खुवाएका छन् ।

कार्मचारी आवश्यक परे पदपूर्ति समितिले लिखित र मौखिक परीक्षा लिएर बढी अंक ल्याउने उम्मेदवारलाई मात्र नियुक्त गर्ने प्रावधान छ । तर, मेयरले आफूखुशी नेताका श्रीमतीलाई जागिर दिलाएका हुन् ।

जागिर पाउनेमा एमाले सुनसरी क्षेत्र नम्बर १ का अध्यक्ष इन्द्र राईकी श्रीमती विजयकला राई र एमाले धरानका सचिव राजमणि निरौलाकी श्रीमती प्रमिला निरौला छन् ।

उनीहरुलाई वडा नम्बर १० स्थित खानेपानीको बिल काउन्टरमा खटाइएको छ ।

कांग्रेस धरानका सभापति तिलक राईले खुला प्रतिश्पर्धाविना नेताका श्रीमतीलाई जागिर दिँदा गलत सन्देश गएकाले उक्त निर्णय तत्काल खारेज गर्नुपर्ने बताए ।

एमाले क्षेत्र नम्बर १ का अध्यक्ष डम्बर गुरुङले पनि नेताका श्रीमतीलाई जागिर लगाएको विषयमा असन्तुष्टि जनाए ।

उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बोर्ड बैठकको निर्णयअनुसार दुवै जनालाई खरिदार पदमा ६ महिनाका लागि करारमा नियुक्त गरिएको बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework