लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

सरकारलाई डाक्टरको खडेरी, नियुक्तिपत्र लिन बोलाउँदा पनि गएनन् चिकित्सक

मंगलबार, २६ पुष, २०७३ मा प्रकाशित, 2505 पटक हेरिएको

काठमाडौं, पुस २६ । स्वास्थ्यमा दुर्गमका रिक्त पदमा कर्मचारी जान छाडेका छन् । दुर्गममा गएर सेवा दिनुपर्ने भएपछि स्वास्थ्य मन्त्रालयले आह्वान गरेका रिक्त पदमा न्यून चिकित्सकले मात्र दर्खास्त दिएका छन् ।

मन्त्रालयले विभिन्न समूहमा गरी १५८ कन्सलटेन्ट पदका लागि दर्खास्त मागेको थियो । तर ९० जनाले मात्र दर्खास्त दिएका थिए ।

अन्तरवार्तामा दुईजना अनुपस्थित रहे भने ८८ जना पास भए । ८८ मध्ये पनि २९ जनाले मात्रै नियुक्ति बुझेको मन्त्रालयले जनाएको छ ।

बाँकी ५९ चिकित्सक भने बोलाउँदा पनि नियुक्तिपत्र लिन पुगेका छैनन् ।

मन्त्रालयले रिक्त पदमा पदपूर्ति गर्न ७ मंसिरदेखि १५ पुससम्म अन्तरवार्ता लिएको थियो । –नयाँ पत्रिका दैनिकबाट

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.