लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

चिकित्सा शिक्षा अध्यादेश आउनु संक्रमणकालिन जित : डा. केसी

आइतबार, २६ कार्तिक, २०७४ मा प्रकाशित,

काठमाडौं, कात्तिक २६ । चिकित्सा शिक्षा सुुधारको मागमा लड्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेश आउनु संक्रमणकालिन जित भएकोले अब आउने संसदबाट पूर्ण ऐनको रुप दिन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी डा. केसीले चिकित्सा शिक्षा अध्यादेश जारी गराएको भन्दै राष्ट्रपतिदेखि प्रधानमन्त्रीलाई समेत धन्यवाद दिए ।

डा. केसीले चिकित्सा शिक्षामा कायम भद्रगोल र अनिमितता गर्ने व्यक्तिलाई कारवाही गर्नुपर्ने माग पुरा नभएको भन्दै त्रिवि पदाधिकारीहरुले आईओएमबाट खोसेर लगेर दुरुपयोग गरिरहेको अधिकार फिर्ता नगरेसम्म मेडिकल क्षेत्र सुधार नहुने बताए ।

मेडिकल कलेजहरुका लागि शुल्क तोकेर कडाइका साथ लागू गराउन आग्रह गरे । खाली भवनलाई सम्बन्धन दिने फैसलाले न्यायालयको गरिमा र मर्यादा घटाएको भन्दै डा. केसीले न्यायालयको काम रक्षाकवच ओढेर भ्रष्टचारको संरक्षण र प्रवर्द्धन गर्ने होइन, लोकतान्त्रिक व्यवस्थामा रहेकाले अपहेलनाको त्रास देखाएर मिडियाको समेत मुख थुन्ने र निरंकुशतापूर्वक भ्रष्टाचारमा लिप्त हुने अधिकार न्यायालयसँग पनि नभएको बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework