लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

लाइसेन्स लिनका लागि अब लिखित परीक्षामा १० वस्तुगत प्रश्न मिलाए पुग्ने

आइतबार, ६ चैत, २०७३ मा प्रकाशित, 50800 पटक हेरिएको

काठमाडौं, चैत ६ । सवारी–साधन अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अब लिखित परीक्षामा १० वस्तुगत प्रश्न मिलाए पुग्ने भएको छ ।

                                                                                   फाइल फोटो

यातायात व्यवस्था विभागले लिखितमा धेरै मानिस अनुत्तीर्ण भएको जनगुनासो बढेपछि कुल २० वस्तुगतमध्ये १० प्रश्न मिलाउने व्यक्तिलाई सवारी–साधन अनुमतिपत्रको परीक्षण दिन पाउने व्यवस्था शुक्रबारदेखि गरेको हो ।

यसबाट लिखित परीक्षामा धेरै परीक्षार्थी उत्तीर्ण हुने विश्वास विभागले गरेको छ ।

विभागका प्रवक्ता डा. टोकराज पाण्डेले सबै नागरिकले सहजरुपमा सवारी–साधन अनुमतिपत्र लिन पाउन् भन्ने उद्देश्यले नयाँ प्रक्रिया लागू गरिएको बताए ।

उनले भने–‘यसबाट लिखित परीक्षा दिँदा धेरै भीडभाड हुने, बिचौलियाको चलखेल हुनेलगायतका कुरा घट्छ ।’

यसअघि, सवारी–साधन अनुमतिपत्र लिँदा १०० पूर्णांकमध्ये १९ लब्धांकको विषयगत र ८१ लब्धांकको वस्तुगत प्रश्नको उत्तर दिनुपर्ने हुन्थ्यो । त्यसमा ४० प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुने गरेका थिए ।

विभागले लिखित परीक्षा दिएर अनुमतिपत्र लिएका चालकलाई फेरि अनुमतिपत्र लिँदा परीक्षा दिनु नपर्ने व्यवस्था गरेको डा. पाण्डेले बताए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework