लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new

इन्डोेनेसियामा शक्तिशाली भूकम्प

मंगलबार, २६ पुष, २०७३ मा प्रकाशित, 4579 पटक हेरिएको

बेइजिङ (चीन), पुस २६ । इन्डोनेसियाको सेलेवेस सामुद्रिक क्षेत्रलाई केन्द्रबिन्दू बनाएर मंगलबार बिहान २ बजेर १३ मिनेट (स्थानीय समय) जाँदा शक्तिशाली भूकम्प गएको चिनियाँ भूकम्प नेटवर्क केन्द्र (सीइएनसी)ले जनाएको छ ।

सीइएनसीकाअनुसार मंगडलबार बिहानै गएको भूकम्प ७.२ म्याग्निच्यूडको भएको र भूकम्पको केन्द्रबिन्दू ४.५३ डिग्री उत्तरी अक्षांश र १२२.६९ पूर्वी देशान्तरमा परेको थियो ।

तर, अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) केन्द्रले भने उक्त भूकम्पीय कम्पन ६.९ म्याग्निच्यूडको भएको जनाएको छ ।

भूकम्पबाट भएको क्षतिबारे विस्तृत् विवरण प्राप्त हुन सकेको छैन ।

भूकम्पका कारण सुनामी आउनसक्ने विषयमा कुनै चेतावनी भने दिइएको छैन । रासस/सिन्ह्वा

Loading...

प्रतिक्रिया

भर्खरै...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.