लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

नियामक निकाय सशक्त हुनुपर्छ : अध्यक्ष चापागाइँ

बुधबार, २७ पुष, २०७३ मा प्रकाशित, 1963 पटक हेरिएको

काठमाडौं, पुस २७ । बिमा समितिका नवनियुक्त अध्यक्ष चिरञ्जीवी चापागाइँले नियामक निकाय सशक्त हुनुपर्ने बताएका छन् ।

बुधबार पदभार ग्रहणपछि आयोजित स्वागत् कार्यक्रममा उनले बैंक तथा वित्तीय संस्था नियमन गर्ने निकाय राष्ट्र बैंकजस्तै बीमा कम्पनीहरुको नियमन गर्ने निकाय समिति पनि सशक्त बन्नुपर्ने बताए ।

संस्थागत सुशासनलाई ध्यान दिँदै बीमाको पहुँच विस्तारमा समितिले ध्यान दिने उनको भनाइ छ ।

उनले सर्वसाधारणमा विश्वसनियता कायम गर्ने गरी सेवा विस्तार गर्न बिमा कम्पनीहरुलाई निर्देशन दिए ।

बिमा क्षेत्रलाई व्यवस्थित गर्न थप नयाँ कानुनी व्यवस्था आवश्यक रहेको भन्दै उनले त्यसका लागि समितिले पहल गर्ने पनि बताए ।

नेपाल राष्ट्र बैंकका कर्मचारी चापागाइँलाई सरकारले पुस १४ गते बिमा समितिको अध्यक्ष नियुक्त गरेको थियो ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework